बेथान्चोक: बाढीपहिरो

उद्दार र राहतपछि पुनर्वास र पुननिर्माणप्रति सांसदहरुको साझा धारणा

काभ्रेपलान्चोक। गत असोज दोश्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले क्षति पुर्याएको बेथान्चोकको पुनर्स्थापना र पुनर्निर्माणका लागि जिल्लाका सांसद तथा नेताहरुले सक्रियता देखाएका छन्। उनीहरुले पालिकामा बिस्थापित परिवारको पुनर्स्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणको लागि साझा धारणा सहित प्रतिबद्दता व्यक्त गरेका छन्।

प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटा मंगलवार क्षतिग्रस्त क्षेत्रको अवलोकन गरि गाउँपालिकाले राखेको छलफलमा सहभागी भए। गाउँपालिका अध्यक्ष भगवान अधिकारी सहितका जनप्रतिनिधिसंग संघिय प्रतिनिधि बाँस्कोटाले भने ‘बाढीपहिरो सहितको प्राकृतिक विपति काभ्रेवासीका लागि निकै पीडादायक बन्यो, यो चुनौतिका रुपमा आएपनि विकास निर्माणका लागि अवसर बन्न सक्छ।’ उनले थपे ‘ पिडितलाइ राहत, पुनर्वास र पुनर्निर्माणका लागि सबै पक्षसंग सहकार्य गरेर अगाडी बढौं।’

बिपतिमा दलीय राजनीति हैन एक आपसमा मिलेर विकास निर्माण गरौँ भन्दै पुर्वमन्त्रि बाँस्कोटाले दल, चुनाव र राजनीति चुनाबका बेलामात्र गर्ने भएकाले सर्बदलीय, सर्बपक्षिय र आम बासिन्दाको साझेदारी सहभागितामा पुनर्निमाणमा जुट्न आफ्नो प्रतिबद्दता सहित अनुरोध गरे। आफ्नो निर्वाचन क्षेत्र समेत भएकाले सांसद बास्कोटाका लागि यो क्षेत्रको विकास निर्माण र नागरिकलाइ परेको समस्याप्रतिको सरोकार स्वाभाविक विषय पनि हो। उनि दुइ दिनदेखि आफ्नो निर्वाचन क्षेत्र र बेथान्चोकका नागरिकसंग भेटघाट गरिरहेका छन्।

त्यस्तै सोहि क्षेत्रबाट प्रदेशसभा सदस्य बनेका कन्चनचन्द्र वादे र प्रदेशसभा १ को खबाट निर्वाचित तिर्थ लामाले बेथान्चोकको पछिल्लो अध्यन अवलोकन गरेका छन्। मंगलबार नै बाढी र पहिरो प्रभावित क्षेत्रको अवलोकनगरि गाउँपालिका पुगेका प्रदेश सांसदद्वय बादे र लामाले बेथान्चोकको क्षतिको बिवरण लिए। उनीहरुले हालसम्म आफुहरुले प्रदेश र संघीय सरकारसंग गरेका समन्वय र प्रयासबारे पालिकाका प्रतिनिधिलाइ जानकारी गराए।

Lahachhap

पुर्वमन्त्रि तथा प्रदेश सांसद कन्चन बादेले विषयगत हिसाबले क्षतिको यकिन बिवरण उतार्ने र प्राविधिक प्रतिबेदनका आधारमा पुनर्वास अथवा पुनर्निर्माणको लागि आवश्यक पहल गर्नुपर्ने बताएका छन्। उनले पहिलेनै योजनामा परेका कार्यक्रमलाई निरन्तरता दिने, विपत्तिको नोक्सानीलाइ कागजमा उतारी प्रतिबेदन तयार गर्ने काममा ढिलाइ नगर्न सुझाव दिंदै नागरिकको काममा यो वा त्यो बहाना र राजनीति नगर्न अनुरोध गरे। सांसद बादेले नागरिक र स्थानीय बिकासको पक्षमा राज्यका सबै निकायमा जान आफु प्रतिबद्द रहेको बताए।

पूर्वमन्त्री तथा प्रदेश सांसद तिर्थ लामाले असोजको बाढीपहिरोका कारण जिल्लाका अन्य पालिकाको तुलनामा पनौती नगरपालिका, बेथान्चोक र रोशी गाउँपालिकामा विपत्तिले धेरै क्षति भएको र समग्र काभ्रेको विकास निर्माणको सूचक बर्षौं पछाडी धकेलेको बताए। उनले भने’ दर्जनौको ज्यान लिएको सयौं संरचना ध्वस्त बनाएको यो बिपत्तिले वर्षौंदेखि दुख मेहनत गरेर भएका बाटो, पुल, भवन र गर्वगर्न लायक भौतिक संरचना लुटेको छ। जसका कारण हाम्रो समय, इतिहास र लगानी खेर गयो। अब त्यसलाई फर्काउन एकपटक स्थानीय तहदेखि समन्वय र साझेदारी जरुरि छ।’

Lahachhap

सांसद लामाले क्षतिबाट पूर्ववत अवस्थामा फर्काउन स्थानीय तहबाट यकिन बिवरण पठाउने, संघ र प्रदेश सरकारबाट नीतिगत निर्णय गरि आवश्यक सहयोग ल्याउन आफु र आफ्नो राजनीतिक संयन्त्र पूर्णरुपमा सक्रिय रहने प्रतिवद्दता व्यक्त गरे। उनले एसियन डेभलपमेन्ट बैंक, बिश्व बैंक जस्ता निकायसंग सहकार्य गरि जिल्लाका क्षतिग्रस्त संरचना निर्माण गर्न राज्यले चासो दिनुपर्ने लाहाछापलाइ बताए।

बेथान्चोक गाउँपालिकामा बाढीपहिरोबाट १३ जनाले ज्यान गुमाए भने झन्डै नौ अर्ब रुपैंया बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। तर जिल्लाका १३ पालिकामा बाढी र पहिरोले पुर्याएको क्षतिको मुल्यांकनको एकिन बिवरण भने आउन सकेको छैन। यद्यपि रोशी गाउँपालिकाले पनि तिन अर्ब भन्दा माथिको क्षति भएको अनुमान गरेको छ। यी बाहेक अन्य पालिकाको खाँटी तथ्य आएको छैन ।

प्राथमिकताका आधारमा पुनर्निर्माण र पुनर्स्थापनाको लागि गाउँपालिकाले अनुमानित लागत र सर्भेक्षण गरिरहेको छ। पुनर्निमाणका लागि आवश्यक बजेट र व्यवस्थापनका लागि प्रदेश तथा संघीय सरकार सहित दाताहरुलाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए।

बिपत्तिको पहिलो घण्टादेखि नै फिल्डमा उत्रेका अधिकारीले पालिकाबाट उद्दार, राहत र विपद व्यवस्थापनमा ३ करोड खर्च भएको बताएका छन्। उनले भने ‘नौ अर्बको क्षति अनुमान भएको बेथानचोकमा तत्काल ५० करोड सहयोग पाए हामी यहाँका नागरिक र विकास निर्माणलाइ सामान्य लयसम्म फर्काउन सक्छौं, तर अहिलेसम्म एकिन विवरण र नीतिगत निर्णय आएन।’

उनले भने हामी जनताका सेवक हौं, तर राज्यको सबैभन्दा तल्लो (पिंधको) निकाय भएकाले नगरिकका सबैजसो सुखदुखमा हरदम साथमै रहनुपर्ने, आफु सबै निकायमा पुग्न नसक्ने हुनाले बेथान्चोक सहित जिल्लाका सबै तहको लागि फाईल बोकेर संघ र प्रदेश सरकार तथा दाताका टेबलमा पुग्न र विकास निर्माणका लागि सबैले प्रतिबद्दता व्यक्त गर्न सांसदहरुलाइ आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments