स्थानीय तह उपनिर्वाचनको मतदान सकियो

काठमाडौं/ स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। आइतबार ४१ पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । 

जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो ।

जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै उपनिर्वाचन भएको हो ।

निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका हुन् । 

यस्तै रुकुम पूर्वी भाग जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । 

बाँकी पदमा ४१ पदका लागि  साँझ ५ बजेसम्म मतदान  भएको हो भने आजै रातिदेखि मतगणना सुरु गर्ने आयोगले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments