समता साहित्य उत्सव सम्पन्न

इटहरी/ सम्पूर्ण कक्षामा समान शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको इटहरीस्थित समता स्कुलले “शब्द, सिर्जना र प्रेरणाको उत्सव” नाराका साथ समता साहित्य उत्सव २०८१ भव्य रूपमा सम्पन्न गरेको छ।

संस्थापक उत्तम संजेलको नेतृत्वमा सञ्चालन भइरहेको समता स्कुलले सम्पूर्ण कक्षामा समान तथा न्यून शुल्कमा अध्यापन गराउँदै विद्यार्थीहरूको सर्वाङ्गिण विकासलाई प्राथमिकता दिँदै आएको छ।

यसै प्रयासअन्तर्गत, समता स्कुल पूर्वी कन्सोर्टियमद्वारा आयोजित यस साहित्य उत्सवले विद्यार्थीहरूलाई सिर्जनशील सोच र साहित्यप्रतिको रुचि विकास गर्ने एउटा महत्त्वपूर्ण मञ्च प्रदान गरेको छ।

कार्यक्रम संयोजक तथा समता पूर्वी कन्सोर्टियमका साहित्य दूत विमल वैद्यले भने, “विद्यार्थीहरूलाई साहित्य, संस्कृति र कलासँग जोड्न तथा अग्रज सर्जकहरूसँग परिचित गराउन यो कार्यक्रम आयोजना गरिएको हो।”

वैद्यकै अग्रसरतामा वि.स. २०७६ देखि समता साहित्य उत्सव हुँदै आएको हो।

यस पटकको तेस्रो संस्करणको साहित्य उत्सवमा देशभरका ५१ जना प्रतिष्ठित साहित्यकारहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल र प्रमुख वक्ता कवि मनु मञ्जिलले विद्यार्थीहरूलाई सिर्जनात्मक लेखन र इकोराइटिङबारे प्रेरणादायी सम्बोधन गर्नुभएको थियो।

कवि मिश्र वैजयन्तीले विद्यालय र साहित्यको महत्त्वबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई साहित्यिक यात्रामा अघि बढ्न प्रेरणा दिनुभयो।

कार्यक्रमका मुख्य आकर्षणहरूमध्ये समता स्कुल इटहरीका विद्यार्थीहरूको विविध साँगीतिक तथा सांस्कृतिक प्रस्तुतिले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको थियो।

साथै, अन्तर जिल्ला कविता वाचन प्रतियोगिताले साहित्य उत्सवलाई थप प्रभावकारी बनायो। यस कार्यक्रमको विशेष आकर्षण अन्तरजिल्ला कविता वाचन प्रतियोगिता थियो, जसमा समता इलामकी भुमिका देवान प्रथम स्थान, समता इटहरीकी कृतिमा पौडेल दित्तीय, समता दमककी युनिसा चम्लागाईं तृतीय र समता लहानकी लक्ष्मी साहले सान्त्वना स्थानमा हाँसिल गर्न सफल भए।

साहित्यकारहरूको प्रशंसा

Lahachhap

काठमाडौं, पोखरा, विराटनगर, धनकुटा, इलाम, दमक, र इटहरीबाट आएका प्रतिष्ठित साहित्यकारहरूले विद्यार्थीहरूको जिज्ञासा मेटाउँदै आफ्ना उत्कृष्ट सिर्जनाहरू प्रस्तुत गरे। उनीहरूले विद्यालय स्तरमा यस्ता साहित्यिक कार्यक्रम आयोजना गरेकोमा समता स्कुल पूर्वी कन्सोर्टियमको मुक्तकण्ठले प्रशंसा गरे।

कार्यक्रमको सभापतित्व समता पूर्वी कन्सोर्टियमका प्रमुख सन्तोष श्रेष्ठले गरेका थिए। उनकै नेतृत्वमा वि स २०७४ सालदेखि समता स्कुलहरूमा विविध अन्तर समता अतिरिक्त क्रियाकलापहरू सञ्चालन हुँदै आएका छन्, र यो साहित्य उत्सव त्यसको एक महत्वपूर्ण हिस्सा हो।

समता स्कुलले यस्ता कार्यक्रमहरु मार्फत विद्यार्थीहरूको सिर्जनात्मकता र व्यक्तित्व विकासमा निकै अघि देखि टेवा पुर्याउँदै आएको छ। समता स्कुल इटहरीका अभिभावकहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ भव्यता प्रदान गरेको थियो।

समता स्कुलले साहित्यिक मात्र नभई सांगीतिक र सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थीहरूको समग्र विकासमा अथक प्रयास गरिरहेको छ। यसले शिक्षा र सिर्जनशीलताको क्षेत्रमा देशभर उदाहरणीय काम गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments