बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ

रूकुम पश्‍चिम – १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले मंगलबार बेलुकी पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका(१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी, २३ वर्षीय रोमन किङ गोसाई र ३७ वर्षीय धर्मराज बिक रहेका छन् ।

उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका-१ चौरजहारी बजारस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रूकुम पश्‍चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments