नेपाल प्रहरीका ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरू प्रहरी नायव महानिरीक्षक(डिआइजी)मा बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

डिआइजी बढुवामा सिफारिस हुने एसएसपीहरूमा ध्रुवराज राउत, भोलाबहादुर राउत, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन्।

अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेसँगै उनीहरूको बढुवा हुनेछ।

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments