काँग्रेस कार्यसम्पादन समिति बैठक वैशाख २ गते, संसदीय दल नेता चयन मुख्य एजेन्डा

काठमाडौँ / नेपाली काँग्रेसले कार्यसम्पादन समितिको बैठक वैशाख २ गते (बुधबार) बस्ने निर्णय गरेको छ। पार्टीका अनुसार बैठक दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकको मुख्य एजेन्डा वैशाख ४ गतेका लागि तय गरिएको संसदीय दलको नेता चयन प्रक्रियासम्बन्धी छलफल रहनेछ। उक्त पदका लागि अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य र जनकराज गिरी लगायत नेताहरू आकांक्षी रूपमा देखिएका छन्। साथै, केही समूहले नयाँ पुस्ताबाट नेतृत्व चयन हुनुपर्ने धारणा राख्दै निस्कल राईको नामसमेत अघि सारेका छन्।

शीर्ष तहका नेताहरूबीच सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने विषयमा आन्तरिक छलफल भइरहेको जनाइएको छ।

यसका अतिरिक्त बैठकमा क्रियाशील सदस्यता अद्यावधिक, ‘जरामा जाऔँ’ अभियानलगायत संगठनात्मक विषयमा पनि छलफल हुने कार्यक्रम रहेको छ। पार्टीले नयाँ वर्षको पहिलो दिनदेखि देशभर क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने तथा त्यससँगै नेताहरूलाई खटाएर एक महिने ‘जरामा जाऔँ’ अभियान अघि बढाउने तयारी गरेको छ।

उक्त बैठकले संसदीय दलको नेतृत्व चयनसँगै संगठनात्मक गतिविधिको आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments