काठमाडौं/नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन नयाँ मितिमा सारिएको छ।
महासंघका अनुसार, २०८२ चैत २९ र ३० गतेका लागि तय गरिएको साधारण सभा तथा निर्वाचन उच्च अदालत पाटन को अन्तरिम आदेशपछि स्थगित भएको थियो।
यसै सन्दर्भमा, चैत २७ गते बसेको महासंघ पदाधिकारी समितिको बैठकले स्थगित कार्यक्रमलाई पुनः २०८३ वैशाख २१ र २२ गते आयोजना गर्ने निर्णय गरेको जनाएको छ।
त्यसैगरी, बैठकले महासंघको कार्यकारिणी समितिको बैठक २०८३ वैशाख ९ गते बस्ने निर्णयसमेत गरेको छ।
अदालतको आदेशपछि प्रभावित भएको महासंघको नेतृत्व चयन प्रक्रिया अब नयाँ कार्यतालिकाअनुसार अघि बढ्नेछ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित