प्रतिनिधिसभा :

सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण

जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा मङ्गलबार दुई मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको थियो ।

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर फर्किएका महोत्तरीका तीन विद्यार्थीको सवारी दुर्घटनामा निधन भएको विषयमा ध्यानाकर्षण गराइएको छ ।

सभाको आजको आकस्मिक समयमा सांसद समिना मियाँले जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा दुःखद् निधन भएको विषयमा दुःख व्यक्त गर्दै यस्ता घटना हुन नदिन सडक सुरक्षा, सचेतना, ट्राफिक नियमको कडाइपूर्ण पालना र शीघ्र उद्धार प्रबन्धको योजना बनाउन माग गर्नुभयो । उहाँले घाइतेहरूको निःशुल्क उपचारका लागि पनि आग्रह गर्नुभयो ।

जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा मङ्गलबार दुई मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments