सम्पत्ति शुद्धीकरण प्रकरणमा जगदम्बा समूहका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौँ /जगदम्बा समूहका अध्यक्ष शंकर अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अग्रवाललाई शुक्रबार साँझ पक्राउ गरेको एक अधिकारीले जानकारी दिएका छन् । 

उनी सम्पत्ति शुद्धीकरणको आरोपमा बिहीबार पक्राउ परेका व्यवसायी दीपक भट्टका व्यावसायिक साझेदार रहेको स्रोतले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार भट्ट र अग्रवालले पब्लिक लिमिटेड कम्पनीहरूको स्रोत दुरुपयोग गरी सेयर बजारमा प्रभाव विस्तार गर्ने, साथै बिमा र जलविद्युत् क्षेत्रमा समेत नियन्त्रण बढाउँदै आएको आरोप लागेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments