पेट्रोल र डिजेलमा फेरि प्रतिलिटर १५ रुपैयाँले बढ्यो

काठमाडौँ / नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि तथा आपूर्ति लागत बढेका कारण मूल्य समायोजन गर्नुपरेको जनाएको छ।

नयाँ मूल्य सूची अनुसार अब पेट्रोल र डिजेल दुबैको मूल्य देशभर लागू हुने गरी बढाइएको छ। मूल्य वृद्धि सँगै दैनिक उपभोग्य वस्तु तथा यातायात भाडामा समेत प्रभाव पर्ने देखिएको छ।

Lahachhap

निगमका अनुसार इन्धनको खरिद मूल्य निरन्तर बढ्दै गएकोले घाटा कम गर्न मूल्य समायोजन अपरिहार्य बनेको हो। यसअघि पनि निगमले पटक–पटक मूल्य समायोजन गर्दै आएको थियो।

इन्धन मूल्य वृद्धि भएपछि सर्वसाधारणमा थप आर्थिक बोझ पर्ने भन्दै आलोचना समेत सुरु भएको छ। उपभोक्ताले मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् भने सरोकारवाला निकायले बजार अनुगमनलाई कडाइ गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments