भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगीका रूपमा चिनिने भारतीय अर्बपति गौतम अदानीमाथि अमेरिकामा जालसाजीको अभियोग दर्ता भएको छ ।
उनीमाथि २५ करोड अमेरिकी डलर बराबरको घूस दिने योजना बनाएको र अमेरिकामा रकम उठाउने क्रममा उक्त मामिला लुकाएको आरोप लागेको हो।
न्यूयोर्कमा उनीविरुद्ध बुधवार त्यससम्बन्धी आपराधिक मामिलामा अभियोगपत्र
हरू दर्ता भएका छन्।
भारतका सबैभन्दा धनी व्यक्तिमध्येका एक ६२ वर्षे अदानीमाथि लागेको यो पछिल्लो गम्भीर आरोप हो।
अमेरिकाले सन् २०२२ देखि अदानीको कम्पनीमाथि अनुसन्धान सुरु गरेको थियो र अभियोजनकर्ताहरूले अनुसन्धानमा अवरोध भएको अनुभव गरेका थिए।
अदानीले आफ्नो घूस दिने योजनालाई अघि बढाउने क्रममा कैयौँ पटक सरकारी अधिकारीहरूसँग व्यक्तिगत रूपमा भेटेको पाइएको अधिकारीहरूले बताएका छन्।
गत साता सामाजिक सञ्जालमा अदानीले ट्रम्पलाई चुनाव जितेकोमा बधाई दिएका थिए र अमेरिकामा १० अर्ब डलर बराबरको लगानी गर्ने वाचा गरेका थिए।
अदानीमाथि भारतका विपक्षी राजनीतिज्ञहरूले लामो समयदेखि मोदीसँगको राजनीतिक सम्बन्धबाट फाइदा लिएको आरोप लगाउँदै आएका छन्। ती आरोपहरूलाई उनले अस्वीकार गर्दै आएका छन्।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित