काठमाडौँ / गृहमन्त्री सुधन गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिइएको बताएका छन् ।
जेन जेड आन्दोलनका सहिदलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै सामाजिक सञ्जालमार्फत उनले “प्रोमिस इज अ प्रोमिस कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ” भन्ने सन्देश सार्वजनिक गरेका हुन् ।

सरकारले जेन जेड आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै सम्बन्धित व्यक्तिविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो । सोही क्रममा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी काठमाडौँ प्रहरी परिसर भद्रकाली ल्याइएको सुरक्षा स्रोतहरूले जनाएका छन् ।
यसैबीच, पूर्व प्रधानमन्त्री ओलीलाई पनि प्रहरीले नियन्त्रणमा लिइ सकेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित