तनहुँ/यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा गिरावट आएको छ ।
सुक्खायामका कारण नदीमा पानीको प्रवाह कम भएपछि हाल ४२ मेगावाट मात्र उत्पादन भएको जलविद्युत् केन्द्र प्रमुख कपिलदेव मानजनले जानकारी दिनुभयो ।
“नदीमा पानी कम भएपछि दिउँसोको समयमा उत्पादन घट्ने गरेको छ”, उहाँले भन्नुभयो, “तर साँझ र बिहानको ‘पिक आवर’मा माग धान्न दिउँसो पानी रिजर्भ गरेर ७० देखि ७२ मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेका छौँ ।”
सन् १९८९ मा निर्माण सम्पन्न भएको यस आयोजनाबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित