चीप उत्पादन गर्ने उपकरणबारे ‘गलत’ सूचनाको चीनद्वारा खण्डन

बेइजिङ/चीनको विदेश मन्त्रालयले शुक्रबार देशको शीर्ष सेमिकन्डक्टर कम्पनीले इरानलाई चिप बनाउने उपकरण पठाएको रिपोर्टपछि मिडियाले ‘गलत सूचना’ प्रकाशित गरेको आरोप लगाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका दुई अज्ञात वरिष्ठ अधिकारीहरूको सूचनालाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, “चिप निर्माता कम्पनी (एसएमआईसी)ले ‘लगभग एक वर्ष पहिलेदेखि इरानमा उपकरण पठाउन सुरु गरेको थियो।”

रिपोर्टमा एक अमेरिकी अधिकारीलाई उदृत गर्दै उनीहरूले भनेका छन्, “यी सबै रोकिएका छन् त्यसैले उनीहरूले यसबारे कुनै शङ्का गर्नु अनावश्यक हुनेछ।”

चीन इरानको प्रमुख साझेदार हो तर उसले फेब्रुअरी २८ मा अमेरिका–इजरायल आक्रमणपछि सुरु भएको युद्धमा इरानलाई सैन्य सहयोगको घोषणा गरेको छैन ।

एसएमआईसी ले शुक्रबार टिप्पणीको लागि एएफपीको अनुरोधको जवाफ दिन अस्वीकार गरेको छ।

बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त रिपोर्टबारे सोधिएको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले आफू ‘अवस्थाबारे अनभिज्ञ भएको’ बताउनुभयो ।

“म तपाईंलाई के भन्न सक्छु भने हालसालै, केही मिडियो, केही समाचार जारी गर्न उत्सुक छन् जुन सही देखिन्छ तर यो पूर्णतया गलत छ,“ लिनले भन्नुभयो ।

उहाँले थप्नुभयो, “प्रमाणीकरणपछि त्यस्ता सबै रिपोर्टहरू ‘गलत सूचना’ भएको पाइयो ।” तर उहाँले यसबारे विस्तृत विवरण दिनुभएन ।

चीनले इरानका सर्वोच्च नेता अलि खामेनीको अमेरिका–इजरायलले गरेको हत्याको निन्दा गरेको छ तर खाडी मुलुकमा अमेरिकी सैन्य आधारमा गरेको आक्रमणलाई ‘कुनै टिप्पणी’ नगर्ने जनाएको छ।

बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यीले यसै हप्ता आफ्ना इरानी समकक्षी अब्बास अराघचीलाई टेलिफोन गरेर सबै पक्षले शान्तिका लागि हरेक मौका र अवसरको फाइदा उठाउने र शान्ति वार्ता प्रक्रिया सुरु गर्ने’ विश्वास व्यक्त गर्नुभएको छ।-(रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments