शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

प्रधानमन्त्रीले शपथ लिएपछि आजै नियुक्त हुने मन्त्रीहरूले पनि शपथ लिने तयारी छ ।

काठमाडौँ / राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथका लागि तयारी भइसकेको छ ।

नेपालको संविधानको धारा ७६(१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भइसक्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उहाँले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । प्रधानमन्त्रीले शपथ लिएपछि आजै नियुक्त हुने मन्त्रीहरूले पनि शपथ लिने तयारी छ ।

शपथ समारोहमा मुलुकका उच्चपदस्थ पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू सहभागी हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments