युकेबाट बनेपा फर्किएर अचार उद्यम सुरु गरेका प्रफुल्ल र रियाको कथा

काभ्रेपलाञ्चोक/ विदेशमा बस्ने धेरै नेपालीहरूको साझा अनुभव हो—आफ्नो गाउँघरको स्वाद र सम्झनाले बारम्बार मन तानिरहन्छ। यही अनुभूति प्रफुल्ल कायस्थको जीवनमा मोड बनेर आयो। युकेको व्यस्त जीवनबीच, बनेपाबाट बुबा प्रकाशले पठाइदिएको आमाको अचारले उनको मन मात्र होइन, भविष्यको बाटो नै परिवर्तन गरिदियो।

तीन वर्षअघि पत्नी रियासहित युकेमा पुगेका प्रफुल्लका दिनहरू सामान्य थिए—अध्ययन अनि घर, सीमित सामाजिक घेरामा सीमित जीवन। तर एकदिन, घरबाट आएको सानो पार्सलले सबै सोच बदलिदियो।

त्यो पार्सलमा थियो—आमाको हातले बनाएकै मिठासयुक्त अचार अर्थात् नेपालमा बनेको र विदेशमा रहेका नेपालीविच कहलिएको स्वदेशी ब्राण्ड ‘आमाको अचार’ ।

पहिलो गाँससँगै दुबैले महसुस गरे, त्यो स्वाद केवल खानाको स्वाद थिएन, बाल्यकाल, परिवार र माटोसँगको सम्बन्धको स्वाद थियो।

Lahachhap

“त्यो अचार खाँदा म युकेमा होइन, बनेपामै पुगेजस्तो भयो,” प्रफुल्ल सम्झन्छन्। “त्यसपछि मलाई लाग्यो—यो स्वाद बनेपा र आसपासका अरूले पनि अनुभव गर्न पाउनुपर्छ।”

त्यही क्षणबाट सुरु भयो एउटा नयाँ सोच। नेपाली अचारको माग र सम्भावनाबारे विदेशी भूमिबाटै स्वदेशमा कस्तो होला भनेर बुझ्न थाले।

तर त्यो सोचलाई व्यवहारमा उतार्न, उनले ठूलो निर्णय लिनुपर्‍यो—विदेश छोडेर स्वदेश फर्कने। युकेमा मास्टर्स सकेकी पत्नी रिया पनि राजीखुशी भएपछि यो कदम लिन सहज भयो ।

कहिलेकाहीँ, एउटा सानो स्वादले जीवनको ठूलो निर्णय गराउँछ। प्रफुल्ल दम्पत्तिका लागि, आमाको अचार त्यही स्वाद बन्यो—जसले उनलाई विदेशबाट फर्काएर आफ्नै माटोमा भविष्य निर्माण गर्न प्रेरित गर्‍यो।

“आमाको अचारमा कुनै मेसिनको जादू छैन, त्यो माया र अनुभवको परिणाम हो,” प्रफुल्ल भन्छन्।

Lahachhap

परम्परागत विधि, स्थानीय कच्चा पदार्थ र स्वच्छता मापदण्डलाई जोड्दै लोकप्रिय भइरहेको नेपाल अचार उद्योगको होममेड ‘आमाको अचार’ ब्राण्डलाई परम्परागत विधि, स्थानीय कच्चा पदार्थ र स्वच्छता मापदण्डलाई जोड्दै लोकप्रिय भइरहेको नेपाल अचार उद्योगको होममेड ‘आमाको अचार’ ब्राण्डलाई प्रफुल्ल र रियाले बनेपाको बजारमा भित्र्याए ।

बनेपाका उद्योगी व्यवसायी जनप्रतिनिधिहरु गृहिणीहरु र सञ्चारकर्मीहरुको भव्य उपस्थितिमा शनिबार आमाको अचारको शोरुम बनेपा तीनदोबाटोमा सुरु भएको छ । होममेड ‘आमाको अचार’ की सर्जक एवं नेपाल अचार उद्योगकी अध्यक्ष सङ्गीता खड्काले शोरुमको उद्घाटन गरिन् ।

Lahachhap

प्रफुल्लका मातापिता बिहानैदेखि शोरुम सजाउन र अतिथि स्वागतमा व्यस्त थिए । प्रफुल्लका हजुरआमा नाती र नातिनी बुहारीको नौलो कर्म नियाल्न बिहानैदेखि शोरुममा उपस्थित थिइन् ।

आमाको अचारको ब्राण्ड अधिकार, अचारलगायत मसलाहरु र शोरुम तयारीमा प्रफुल्लले २५ लाख रुपैँया खर्चेका छन् । होलसेल र रिटेल दुबै गर्ने हुँदा थप लगानी आवश्यक पर्ने उनको भनाई छ । सुरुवाती प्रतिक्रिया उत्साहजनक रहेको पाइएको छ ।

Lahachhap

प्रफुल्ल र रियाको यो कथा केवल व्यक्तिगत सफलता होइन, सम्भावनाको उदाहरण पनि हो। विदेशमा देखिएको अवसरलाई स्वदेशमै लागू गर्न सकिन्छ भन्ने सन्देश उनीहरुले दिएका छन्। दुबै भन्छन्, ‘हामी धेरैजसो विदेश जान्छौं राम्रो जीवनका लागि। तर कहिलेकाहीँ, राम्रो जीवन यहीँ पनि बनाउन सकिन्छ भन्ने महसुस गर्नुपर्छ ।’

‘हामीले बाहिर गएर सिकेको कुरा यहीँ प्रयोग गर्न सके, धेरै गर्न सकिन्छ’, प्रफुल्ल र रिया भन्छन् ‘अवसर खोज्ने होइन, अवसर बनाउने हो।’

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments