महिलाको हत्याका अभियोगमा किशोर पक्राउ

प्रहरीका अनुसार मध्यरातमा भएको उक्त घटनामा किशोरले मृतकको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध कैची प्रहार गरेका थिए ।

भैरहवा / शुद्धोधन गाउँपालिका–१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा इलाका प्रहरी कार्यालयले १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार गत चैत २ गते राति आफ्नै पसलमा सुतिरहेकी पटवामाथि कैची प्रहार गरी हत्या गरिएको थियो । घटनामा संलग्न रहेका आरोपमा पक्राउ परेका किशोर मृतककै छिमेकी हुन् । किशोरले लागुऔषध किन्न पैसा अभाव भएपछि चोरी गर्ने उद्देश्यले पसलमा प्रवेश गरेको र सो क्रममा विवाद हुँदा हत्या गरेको बयान दिएका बताइएको छ ।

प्रहरीका अनुसार मध्यरातमा भएको उक्त घटनामा किशोरले मृतकको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध कैची प्रहार गरेका थिए । घटनापछि फरार रहेका किशोरलाई प्रहरीले गत शनिबार नियन्त्रणमा लिएको थियो । जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments