काठमाडौं/दीक्षा फाउन्डेशनको वार्षिक भेटघाट कार्यक्रम आइतबार काठमाडौंको बालुवाटारमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष शोश्रीन शर्माको सभापतित्वमा आयोजित कार्यक्रममा समाज कल्याण परिषद्का कार्यकारी सदस्य दिनेश राज सापकोटा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा ‘वर्ल्ड वाइड गोट प्रोजेक्ट नेपाल’ का संस्थापक ड्यानियल लि लेनी र इसिमोडका प्रतिनिधि किलियन उइवर विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै, विभिन्न संघसंस्थाका पदाधिकारी, सरोकारवाला तथा प्रबुद्ध व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
संस्थाका प्रतिनिधि माधब कुमार धमलाले स्वागत मन्तव्य राख्दै अतिथिहरूलाई कार्यक्रमप्रति हार्दिक स्वागत गर्नुभएको थियो। कार्यक्रममा संस्थाकी प्रतिनिधि आश्मा के.सी.ले चालु वर्ष २०८२ मा धादिङ, काभ्रे, काठमाडौं, गोरखा र तनहुँ जिल्लामा सञ्चालन गरिएका सामाजिक कार्यक्रमहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभयो।
संस्थाबाट सहयोग प्राप्त गर्दै आएका विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै सन्तोषी थापाले आफ्नो अनुभव साझा गर्दै दीक्षा फाउन्डेशनले आफ्नो शैक्षिक यात्रामा पुर्याएको योगदानको चर्चा गर्नुभयो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा विगत तीन दशकदेखि नेपालका कृषक तथा समुदायमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै ड्यानियल लि लेनीलाई कदरपत्रसहित विशेष सम्मान गरिएको थियो। उहाँले संस्थाका विविध कार्यक्रमहरूमा निरन्तर सहयोग पुर्याउँदै आउनुभएको छ।
कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले संस्थाको कार्यप्रति प्रशंसा व्यक्त गर्दै शुभकामना दिएका थिए। प्रमुख अतिथि दिनेश राज सापकोटाले धन्यवाद ज्ञापन गर्दै संस्थाको आगामी यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष शोश्रीन शर्माले उपस्थित सबैप्रति आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नुभयो। संस्थाका सचिव सन्तोष धमलाले कार्यक्रमसम्बन्धी जानकारी मिडियालाई उपलब्ध गराउनुभएको थियो।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित