चैत १२ गते सांसदहरूको शपथ ग्रहण, चैत १३ गते नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण

काठमाडौँ / आगामी चैत १३ गते नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण हुने भएको छ। प्रतिनिधि सभा निर्वाचन पश्चात् सरकार गठन प्रक्रिया अगाडि बढेसँगै शपथको मिति तय गरिएको हो।

निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२ सिटमा विजय हासिल गर्दै बहुमत सुनिश्चित गरेको जनाइएको छ। सोही आधारमा पार्टीले वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्री पदका लागि उम्मेदवारका रूपमा अघि सारेको बताइएको छ। रास्वपाले उनकै नेतृत्वमा सरकार गठन गर्ने तयारी गरिरहेको जनाइएको छ।

पार्टी नेतृत्वबीचको पछिल्लो छलफल काठमाडौँको रोयल सिंगी होटेल मा सम्पन्न भएको थियो। उक्त छलफलपछि सांसदहरूको शपथ ग्रहणलगत्तै प्रधानमन्त्रीको शपथ गर्ने निर्णयमा पार्टी पुगेको स्रोतले जनाएको छ।

यसैबीच, संघीय संसद् सचिवालयले चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम तय गरेको छ। सो कार्यक्रम सम्पन्न भएलगत्तै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइने र प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम आयोजना गरिने जनाइएको छ।

सरकार गठनसँग सम्बन्धित तयारी र आन्तरिक समन्वयका विषयमा रास्वपा नेतृत्वले निरन्तर छलफल गर्दै आवश्यक प्रक्रिया अघि बढाइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments