काभ्रेपलाञ्चोक / बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसका विद्यार्थी र शिक्षकलाई शिर मेमोरियल अस्पतालमा उपचारमा १० प्रतिशत सहुलियत हुने भएको छ ।
विद्यार्थी र शिक्षकहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखेर काभ्रे बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले अस्पताल प्रशासन समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. हेक्टर गायरस र स्ववियु सभापति रोहिन पराजुलीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार, उपचार र प्रयोगशाला परीक्षणमा १० प्रतिशत र औषधिको मूल्यमा ५ प्रतिशत सहुलियतको समझदारी भएको छ ।
विद्यार्थीको हकहितको लागि काम गर्दै आएको स्ववियुको यो कार्यबाट शिक्षक समेत लाभान्वित हुने सभापति पराजुलीले जानकारी दिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित