६ वर्ष कैद र २२ करोड जरिबानाका दोषी श्रेष्ठ पक्राउ

काठमाडौं / बैंकिङ कसूर मुद्दामा ६ वर्ष कैद र २२ करोड ६७ लाख रुपैयाँभन्दा बढी जरिबाना ठहर भएका नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् ।

Lahachhap

लामो समयदेखि फरार रहेका ६९ वर्षीय श्रेष्ठलाई प्रहरीले आइतबार सितापाइलाबाट नियन्त्रणमा लिएको हो ।

सिआइबीको टोलीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ ।

Lahachhap

सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार श्रेष्ठ नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा कार्यकारी अध्यक्ष रहँदा निक्षेपकर्ताको बचत तथा संस्थाको पुँजीमा अनियमितता गरी व्यक्तिगत लाभका लागि प्रयोग गरेको पुष्टि भएको थियो ।

उक्त घटनापछि नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा उनीमाथि बैंकिङ कसूर ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको थियो ।

यस प्रकरणमा सर्वोच्च अदालतले २०८१ भदौ ५ गते दुईवटा छुट्टाछुट्टै मुद्दामा उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो।

पहिलो मुद्दामा ३ वर्ष कैद र १९ करोड ४६ लाख रुपैयाँ जरिबाना तथा दोस्रो मुद्दामा ३ वर्ष कैद र ३ करोड २१ लाख रुपैयाँ जरिबानाको फैसला भएको थियो।

अदालतको फैसलाअनुसार श्रेष्ठलाई कुल ६ वर्ष कैद र २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिबाना तोकिएको छ। फैसलापछि लामो समय फरार रहेका उनलाई आइतबार पक्राउ गरी अदालतमार्फत सजाय कार्यान्वयन प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments