प्रतिनिधिसभा निर्वाचनः कर्णालीमा नेपाली कांग्रेसले पाँच र अरुले कहाँ, कति सिट जिते ?

कर्णाली/प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ ।

निर्वाचनपश्चात् सम्पन्न मतगणना र त्यसबाट प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसले पाँच, नेपाली कम्युनिष्ट पार्टीले चार, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/एक स्थानमा जित हात पारेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवारहरु सुर्खेत क्षेत्र नं १ बाट बिष्णुबहादुर खड्का, दैलेख क्षेत्र नं १ बाट बासना थापा, जाजरकोटबाट खडकबहादुर बिसी, मुगुबाट खड्गबहादुर शाही र हुम्लाबाट जयपति रोकाया निर्वाचित भएका छन् ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारहरु सल्यानबाट रमेश मल्ल, रुकुमपश्चिमबाट गोपाल शर्मा, डोल्पाबाट धनबहादुर बुढा र कालीकोटबाट महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

सुर्खेत क्षेत्र नं.२ बाट रास्वपाका रमेशकुमार सापकोटा, दैलेख क्षेत्र नं.२ बाट नेकपा (एमाले) का लक्ष्मीप्रसाद पोखरेल र एक मात्रै निर्वाचन क्षेत्र भएको जुम्लाबाट राप्रपाका ज्ञानबहादुर शाही निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments