काभ्रेपलाञ्चोक–१ मा रास्वपाका चौलागाईं विजयी

काभ्रेपलाञ्चोक/प्रतिनिधि सभा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी हुनु भएको छ ।

आइतबार बिहान ३ बजे सम्पन्न भएको मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार गुणराज मुक्तानलाई दस हजार ४५२ मतले पराजित गर्दै रास्वपाका उम्मेदवार मधुकुमार चौलागाईं विजयी हुनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा रास्वपाका उम्मेदवार चौलागाईंले २९ हजार ६१८ मत, नेपाली कांग्रेसका उम्मेदवार मुक्तानले १९ हजार १६६ मत, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दिनानाथ गौतमले १४ हजार १८४ मत र नेकपा एमालेका उम्मेदवार अमि तामाङ (अमित)ले १३ हजार ८१४ मत प्राप्त गर्नुभएको हो ।

क्षेत्र नम्बर–१ मा उज्यालो नेपाल पार्टीका योगेन्द्र लामाले सात हजार ४०३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज सत्यालले ६९९ मत, जनता समाजवादी पार्टीका नेपालका उम्मेदवारले ७१ मत, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार राजु तामाङले ५२ मत, प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार ज्ञानेन्द्रकुमार श्रेष्ठले ५६ मत, मङ्गोल नेशनल अर्गनाइजेशनका उम्मेदवार कमलबहादुर लामा (तामाङ) ले १५६ मत प्राप्त गर्नुभएको हो ।

यसैगरी संयुक्त नागरिक पार्टीका उम्मेदवार रत्न लामाले ११४ मत, नेशनल रिपब्लिक नेपालका उम्मेदवार भरत तामाङले ३५ मत, श्रम संस्कृति पार्टीका उम्मेदवार धिराज लामाले २८७ मत, नेकपा (माओवादी) का उम्मेदवार कान्छा तामाङले १४९ मत पाउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

यो क्षेत्रमा समावेशी समाजवादी पार्टीका उम्मेदवार विनोद लामाले ५० मत, स्वतन्त्र उम्मेदवार जीवन लामाले ९४ मत, स्वतन्त्र उम्मेदवार युवराज चौलागाईंले सात मत र स्वतन्त्र उम्मेदवार राजेशकुमार श्रेष्ठले १६९ मत प्राप्त गर्नुभएको हो । यो क्षेत्रमा ८३ हजार ७७३ पुरुष र ७७ हजार ३२६ महिला गरी कुल एक लाख ६१ हजार एक सय मतदाता रहेकोमा बिहिबार सम्पन्न निर्वाचनमा ५६ दशमलव ५७ प्रतिशत अर्थात् कुल ९१ हजार १२८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments