मोरङ-१ मा रास्वपाका यज्ञमणि न्यौपाने विजयी

मोरङ/मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन्। उनी २७ हजार ३६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

न्यौपानेका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत पाइन्। उनीहरू बीचको मतान्तर ९ हजार ८४५ छ।

सोही क्षेत्रबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका खड्गबहादुर फागोले ११ हजार ९८६ मत ल्याए। नेकपा (एमाले)का घनश्याम खतिवडाले ९ हजार ८२३ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का कुलप्रसाद साम्बा २ हजार २२४ मतमा खुम्चिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments