ताप्लेजुङबाट एमालेका क्षितिज थेबे निर्वाचित

ताप्लेजुङ/प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट क्षितिज थेबे निर्वाचित भएका छन्। उनले गजेन्द्रप्रसाद तुम्याहाङलाई २,२५१ मतको अन्तरले पछि पार्दै विजयी हासिल गरेका हुन्।

थेबेले कुल १३,९६२ मत प्राप्त गरे भने तुम्याहाङले ११,७११ मतमा सीमित रहे। यससँगै थेबे कोसी प्रदेशबाट निर्वाचित हुने एमालेका पहिलो सांसद बनेका छन्।

अन्य प्रतिस्पर्धीमध्ये नेकपा (एमाले)का खेलप्रसाद बुढा क्षेत्री ६,७७५ मतसहित तेस्रो स्थानमा रहेका छन्। श्रम संस्कृति पार्टीका सन्तोष राईले ५,२०९ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ४,१५५ मत प्राप्त गरेका छन्। निर्वाचन आयोगले हालसम्म औपचारिक घोषणा गर्न बाँकी छ।

यसअघि २०७४ र २०७९ मा ताप्लेजुङबाट एमालेका योगेश भट्टराई निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments