काठमाडौँ / पाल्पा-१ मा नेपाली काँग्रेसका सन्दीप राना विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनामा १८ हजार ३३६ मत ल्याएर राना विजयी भएका हुन् ।
दोस्रो स्थानमा नेकपा एमालेका नारायणप्रसाद आचार्य कायम रहे । उनले १६ हजार ८१९ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरेका छन्, भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हुमबहादुर सुनारी मगरले ९५१ मत प्राप्त गरे ।
यहाँ काँग्रेसको जितसँगै २०५१ देखिको कम्युनिस्ट गढ भत्किएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित