मोरङ-५ मा रास्वपाकी आशा झा विजयी

मोरङ/मोरङको क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशा झा विजयी भएकी छिन् । उनले ३० हजार ४३४ मत ल्याएर विजयी बनेकी हुन् ।

सो क्षेत्रबाट दोस्रो स्थानमा कांग्रेसका फुल कुमार लालवानीले ९ हजार ४१५ मत ल्याउँदा तेस्रो स्थानमा भने जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गरे ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका शिव कुमार मण्डल (केवट)ले ८ हजार ६१४, नेकपा एमालेका मनोज कुमार अग्रवालले ६ हजार ९४५ र राष्ट्रिय ऊर्जाशील पार्टीका योगेन्द्र मण्डलले ४ हजार १९९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments