सर्लाही / सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ नीतिमा भण्डारी कार्की विजयी भएकी छन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झन्डै ३६ हजार मतले पराजित गर्दै विजयी भएकी हुन् । भण्डारी ४४ हजार १८१ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ७ हजार ८७१ मत ल्याएका छन् ।
निर्वाचन आयोगका अनुसार सर्लाही–१ मा नेकपा एमालेका मनोज कुमार देवकोटाले ६ हजार १०१ मत पाएका छन् ।
यस्तै चौथो भएका नेकपाका उम्मेदवार प्रमोद साहको पक्षमा ५ हजार ४९४ मत आएको छ ।
प्रतिनिधिसभा निर्वाचन २०७९ मा सर्लाही–१ बाट लोसपाका रामप्रकाश चौधरी २४ हजार ८३८ मतसहित विजयी भएका थिए । तर यसपटक पनि उम्मेदवार बनेका चौधरी ३ हजार ९९१ मतमै सीमित भए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित