एमालेका पृथ्वी सुब्बा गुरूङलाई हराउँदै लमजुङमा रास्वपाका धर्मराज केसी विजयी

लमजुङ/लमजुङमा एमालेका पृथ्वी सुब्बा गुरूङ पराजित भएका छन् । रास्वपाका धर्मराज केसीसंग १७ हजार २२ को फराकिलो मतान्तरले उनी पराजित भएका हुन् ।

केसीले ३३ हजार ८९८ मत ल्याउदा गुरूङले १६ हजार ८७६ मत मात्र ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कांग्रेसका गमप्रसाद गुरूङले १६ हजार ५६९ मत प्राप्त गरेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा कुल ७५ हजार ४६० मत खसेको थियो । जसमध्ये ७३ हजार १० मत सदर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments