चितवन-३ मा रास्वपाकी सोविताले नेकपाकी रेनु दाहाललाई ३८ हजारभन्दा बढी मतले पराजित गरिन्

चितवन/ चितवन-३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित भएकी छन् । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गरेकी हुन् ।

गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरिन् । गौतम यसअघि काठमाडौँ २ बाट प्रतिनिधि सभामा सदस्यमा निर्वाचित भएकी थिईन् ।

चितवन क्षेत्र ३ मा नेपाली काँग्रेसका टेकप्रसाद गुरुङको ८ हजार ३४४ र नेकपा (एमाले) का शंकर थपलियाले ५ हजार ४ मत प्राप्त गरेका छन् । यसअघि यो क्षेत्र चुनाव जितेको राप्रपाले यो पटक १ हजार २२६ मत मात्र प्राप्त गरेको छ ।

यो क्षेत्रमा काँग्रेस, एमाले लगायतका २१ जना उम्मेदवारको जमानत जफत भएको छ । यो क्षेत्रमा १ लाख ५३ मत खसेको थियो । जमानत जफत हुनबाट बच्न उम्मेदवारले खसेको मतमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments