बारा/प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार अरबिन्द साह विजयी भएका छन् ।
शनिबार बिहान सम्पन्न मतगणनामा ४० हजार ६९७ मत प्राप्त गरी उनी प्रतिनिधिसभा सदस्य चुनिएका निर्वाचन आयोगले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार फरमुल्लाह मंसुरले १० हजार ५२ मत ल्याए । उनीहरूबीचको मतान्तर ३० हजार ६४५ रह्यो ।
तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी, नेपालका उमेदवार रामबाबुकुमार यादवले ६ हजार ८८४ मत पाए ।
नेकपा (एमाले)की उमेदवार ज्वालाकुमार साह पाँच हजार २७१ मतसहित चौथो स्थानमा रहिन् ।
यस्तै, जनमत पार्टीका उमेदवार प्रमोदप्रसाद गुप्ताले तीन हजार ८१९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार भरतप्रसाद साहले एक हजार ७५१ मत ल्याएका आयोगले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित