दुईपल्ट सांसद र तीनपटक मन्त्री बनेका प्रदीप यादवलाई फराकिलो मतान्तरले हराउँदै पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार बुद्धिप्रसाद पन्त (हरि) विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत शनिबार बिहान सम्पन्न मतगणनामा उनले नेकपा (एमाले)का उमेदवार यादवलाई १४ हजारभन्दा बढी मतान्तरले पछि पारेका हुन् ।
पन्तले २७ हजार २७४ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटम प्रतिस्पर्धी यादवले १३ हजार ३० मत ल्याए ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार अनिल रुंगटाले ११ हजार ८८५ मत प्राप्त गरेका कार्यालयले जनाएको छ ।
पर्सा क्षेत्र नम्बर–१ मा कुल ८९ हजार ६ सय ३८ मतदाता रहेका थिए । तीमध्ये ६१ हजार ३ सय ६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित