प्रतिनिधिसभा सदस्य निर्वाचन

काभ्रेका दुई क्षेत्रमा फरक राजनीतिक तस्वीर : क्षेत्र–१ मा नेकपा अगाडि, क्षेत्र–२ मा रास्वपा बलियो

काभ्रेपलाञ्चोक । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा फरक–फरक दलका उम्मेदवारले अग्रता कायम राखेका छन्। हालसम्मको मतपरिणाम अनुसार काभ्रे क्षेत्र नम्बर–१ मा नेकपा उम्मेदवार अघि देखिएका छन् भने क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले स्पष्ट अग्रता बनाएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार काभ्रे–१ मा नेकपाका उम्मेदवार दिननाथ गौतमले ९ हजार ९१५ मतसहित अग्रता लिएका छन्। उनलाई पछ्याउँदै नेपाली काँग्रेसका उम्मेदवार गुणराज मुक्तानले ८ हजार ६४६ मत प्राप्त गरेका छन्।

यसैगरी नेकपा एमालेका उम्मेदवार अमि तामाङले ६ हजार ५०४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मधुकुमार चौलागाईंले ५ हजार ९३२ मत पाएका छन्।

त्यस्तै काभ्रे क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदन भण्डारी ४३ हजार ४६० मतसहित स्पष्ट अग्रस्थानमा रहेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यले १३ हजार ५१४ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा एमालेका उम्मेदवार अशोककुमार व्याञ्जुले १० हजार ९०५ मत र नेकपाका उम्मेदवार बसुन्धरा हुमागाईँले ५ हजार ९८१ मत प्राप्त गरेका छन्।

अहिले पनि मतगणना निरन्तर भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments