प्रतिनिधिसभा सदस्य निर्वाचन

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके/बाँके १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले ३२ हजार ७९२ मत प्राप्त गर्नुभएकोे निर्वाचन अधिकृत शरोजनिधि वाग्लेले जानकारी दिनुभयो ।

चौधरीको निकटतम प्रतिष्पर्धिमा नेपाली कांग्रेसका नारायण गौडेलले १५ हजार ३०१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरि नेकपा (एमाले)का सूर्य ढकालले ११ हजार १५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वाग्लेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments