प्रतिनिधिसभा सदस्य निर्वाचन

काठमाडौँ–६ मा रास्वपाका शिशिर खनाल विजयी

काठमाडौँ / काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनाल विजयी हुनुभएको छ । 

काठमाडौँ– ६ का निर्वाचन अधिकृत चपला पोखरेलले रास्वपाका खनाल २७ हजार ७१९ मतसहित विजयी हुनुभएको जानकारी दिनुभयो ।  

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गर्नुभयो । नेकपा (एमाले) का अमनकुमार मास्केले चार हजार ३७३ मत प्राप्त गर्नुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धवराज भेटुवालले एक हजार २१८ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हेम लाल शर्माले एक हजार २६० मत प्राप्त गर्नुभएको छ ।  खनाल पूर्व शिक्षामन्त्रीसमेत हुनुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments