प्रतिनिधिसभा सदस्य निर्वाचन

काठमाडौँ-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौँ/काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ । 

काठमाडौँ–८ का निर्वाचन अधिकृत सम्झना घिमिरेका अनुसार श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी हुनुभएको छ । 

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुमन सायमीले तीन हजार २१७ मत प्राप्त गर्नुभयो ।

नेपाली कांग्रेसका सपना राजभण्डारीले दुई हजार ८३५, नेकपा (एमाले) का राजेश शाक्यले एक हजार ९०९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नविन शाहीले एक हजार ९०९ मत प्राप्त गर्नुभएको छ । 

विजयी श्रेष्ठ पूर्व मन्त्रीसमेत हुनुहुन्छ । 

बागमती प्रदेशसभाका पूर्व सदस्यसमेत उहाँ योसँगै तेस्रो पटक जनप्रतिनिधि बन्नुभएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments