मतपेटिका संकलन अपूरो : काभ्रेका दुवै क्षेत्रमा मतगणना आज शुक्रबारदेखिदेखि मात्रै

काभ्रे–१ मा शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठक ~ काभ्रे–२ मा शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठक

काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोकका दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मतपेटिका पूर्ण रूपमा संकलन नभएकाले मतगणना शुक्रबारदेखि मात्र सुरु हुने भएको छ। दुर्गम क्षेत्रका केही मतदान केन्द्रबाट मतपेटिका ल्याउन समय लागेकाले गणना प्रक्रिया एक दिन पछि सारिएको हो।

मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेका अनुसार काभ्रे–१ र काभ्रे–२ का केही स्थानबाट मतपेटिका अझै आइपुग्न बाँकी छन्। त्यसैले सबै मतपेटिका संकलन भएपछि मात्रै गणना सुरु गर्ने निर्णय गरिएको उनले बताए।

काभ्रे–२ मा शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ। भुम्लु र बेथानचोक गाउँपालिकाका केही मतदान केन्द्रका मतपेटिका आउन बाँकी रहेकाले ती संकलन भएपछि मात्रै गणना सुरु गर्ने सहमति भएको छ।

त्यस्तै काभ्रे–१ मा खानीखोला, महाभारत, तेमाल र चौरीदेउराली गाउँपालिकाका सबै बुथ तथा रोशी र नमोबुद्ध नगरपालिकाका केही बुथका मतपेटिका संकलन भइरहेको निर्वाचन अधिकृत टीकाभूषण घिमिरेले जानकारी दिए।

उनका अनुसार सबै मतपेटिका संकलन भएपछि शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठक बस्नेछ र त्यसपछि मतगणना सुरु गर्ने सम्बन्धमा अन्तिम निर्णय गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments