काभ्रेपलाञ्चोक/बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा गरी औसत ६०.४२ प्रतिशत मत खसेको जनाएको हो।
मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको बताउनुभयो। उहाँका अनुसार जिल्लामा कुल ३ लाख २६ हजार ६११ मतदाता रहेकामा १ लाख ९७ हजार ३४१ मत खसेको छ। जसमा १ लाख ४ हजार ५१२ पुरुष र ९२ हजार ८२९ महिलाले मतदान गरेका छन्।
दुईवटा निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर–१ मा ९५ मतदान स्थल र १९८ वटा मतदान केन्द्र तथा क्षेत्र नम्बर–२ मा ९४ मतदान स्थल र २०२ वटा मतदान केन्द्र रहेका थिए। जिल्लाको क्षेत्र नम्बर–१ मा १ लाख ६१ हजार १०० र क्षेत्र नम्बर–२ मा १ लाख ६५ हजार ५११ मतदाता रहेका थिए।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित