भिमेसन मन्दिरमा लज्ज हेर्न भक्तजनको घुइँचो,

भादगाउँ/फागुपूर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । धार्मिक तथा सांस्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने फागुपूर्णिमामा भक्तपुरको आर्दशस्थित परदेशी भिमसेन, याँछेंस्थित याँछें भिमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा दर्शन र पूजाका लागि भक्तजनको घुइँचो लागेको हो ।

फागुपूर्णिमाको दिन भिमसेन देवताको विधिवत् रुपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोत खुल्नुका साथै व्यापार व्यवसाय फस्टाउँदै जाने धार्मिक मान्यता रहेको छ । आजको दिन भिमसेन मन्दिरमा स्थानीय डाफा भजन खलः, व्यापारी सङ्घ संस्था, पसलेहरुले बलिसहितको पूजा चढाउँछन् ।

आजको दिन टोल टोलमा रहेका परम्परागत धिमेवाजा, बाँसुरी बाजा, धा“ बाजा, लगायतका टोली भिमसेन मन्दिर जाने गर्छन् । देवताको पूजाअर्चना गरी सम्येबजी खाएर फागु पर्व मनाउने गरिन्छ ।

जसलाई स्थानीय भाषामा भिसिंङ पूजा भन्ने गरिन्छ । आजको दिन स्थानीय महिला हाकुपतासीमा सजिएर भिमसेन देवताको पूजापछि समेबजी खाएर एक आपसमा अबीर दलेर टोल छिमेक परिक्रमा गरी फागु मनाउने परम्परा रहेको छ ।

भक्तपुरमा आजै साँझ दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरको पाटीमा प्रदर्शनीमा राखिएको काठको बडेमानको पुरुष लिङ्गलाई नगर परिक्रमा गरी ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यसवर्षको फागुपर्व सम्पन्न हुने परम्परा छ । यसरी लिङ बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुती रहेको पाईन्छ ।

सम्बन्धित समाचारः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments