काठमाडौँ/ देशभरका किसानलाई डिजिटल र प्रिमियम कृषि सेवा उपलब्ध गराउन एनसेल र डिजिटल कृषि प्लेटफर्म सुपर कृषकले सहकार्य गरेका छन्। यो सहकार्यको मुख्य उद्देश्य मोबाइल फोनमार्फत सहजै सबै किसानसम्म आधुनिक कृषि सेवा उपलब्ध गराउनु रहेको छ।
यो सहकार्य नेपालको कृषि क्षेत्रलाई डिजिटल बनाउने यात्रा तथा कृषि क्षेत्रमा रहेको डिजिटल असमानता घटाउने दिशामा ऐतिहासिक कदम हो। हालसम्म देशका ३० हजारभन्दा बढी किसान सुपर कृषक प्लेटफर्ममा दर्ता भइसकेका छन्।
यस प्लेटफर्ममार्फत अनलाइन कृषि तालिम, कृषि डाक्टर,तथा कृषि चीना (स्याटेलाइट अनुगमन) जस्ता डिजिटल उपकरण र सेवा उपलब्ध हुन्छन्, जसले किसानलाई आफ्नै मोबाइल फोनमार्फत वास्तविक समयमै कृषि परामर्श, रोगकीरा तथा बाली समस्या पहिँचान, र बाली अनुगमनसम्बन्धी जानकारी प्राप्त गरी स्वमुल्यांकन गर्न सक्षम बनाउँछ।
यो सहकार्यले गर्दा देशका प्रत्येक जिल्लाका किसानले आफ्नो मोबाइल फोनमार्फत उन्नत, सुलभ र स्थानीय आवश्यकता अनुकूल कृषि परामर्श प्राप्त गर्न सक्नेछन्। उच्च पहाडदेखि तराईका फाँटसम्म अब किसानका हात हातमा विशेषज्ञको सल्लाह सुझाव अनि आधुनिक प्रविधिको पहुँच सुनिश्चित भएको छ ।
एनसेलको बृहत् नेटवर्क पहुँच र लाखौँ सक्रिय ग्राहक भएकाले अब सुपर कृषकका प्रिमियम सेवा आम किसानलाई एक भ्यालु एडेड दूरसञ्चार सेवाका रूपमा उपलब्ध भएको छ। योसँगै नेपालमै पहिलो पटक किसानले भ्वाइस, डेटा वा एसएमएस सेवा लिएझैँ सहज रूपमा आफ्नो मोबाइल ब्यालेन्सबाटै कृषि सेवाको लाभ उठाउन सक्ने भएका छन्।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित