काठमाडौँ — पोखराबाट राजधानीतर्फ आउँदै गरेको एक यात्रुवाहक बस धादिङको चरौंदी क्षेत्र नजिकै त्रिशूली नदीमा खस्दा १७ यात्रुको मृत्यु भएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका अन्तर्गत पर्ने चाइनाधारा क्षेत्रबाट सोमबार बिहान करिब १:१५ बजे ग२ख १४२१ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो।
जिल्ला ट्राफिक कार्यालयका अनुसार दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु पुष्टि भएको छ। राजमार्ग उद्धार व्यवस्थापन समितिका प्रतिनिधिले २३ जना घाइतेलाई उपचारका लागि नजिकका अस्पतालमा पठाइएको जानकारी दिएका छन्। प्रारम्भिक विवरणअनुसार बसमा ३५ भन्दा बढी यात्रु सवार थिए।

उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी परिचालित छन्। रातिको समय र नदीको बहावका कारण उद्धारमा चुनौती देखिएको जनाइएको छ।
प्रहरीका अनुसार मृतकमध्ये ४ महिला र १३ पुरुष छन्। घटनाबारे थप विवरण संकलन भइरहेको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ फाल्गुन ११ गते
२०८२ फाल्गुन ११ गते