काभ्रेपलाञ्चोक: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग भएका पूर्व डीआईजी रमेश खरेल नेपाली कांग्रेसको चुनावी प्रचारमा देखिएका छन्।
काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार मधु आचार्यको समर्थनमा पाँचखालमा आयोजित घरदैलो कार्यक्रममा उनी सहभागी भएका हुन्। पाँचखाल-५, केराघारीमा पुगेका खरेलले आफू हाल कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको तर देशको परिवर्तनका लागि कांग्रेसलाई साथ दिन आएको बताए।
आम चुनाव २०७९ मा काठमाडौं–१ मा चुनाव लडेका उनी बाराको उपचुनावमा रास्वपामा जोडिएका थिए । खरेल रास्वपाबाट बारा–२ मा उपचुनावमा जनता समाजवादी पार्टी जसपाका उपेन्द्र यादवसँग पराजित भएका थिए ।
चुनावपछि रास्वपाको कुनै भूमिकामा नरहेका खरेलले पछिल्लो समय पार्टी सभापति लामिछानेमाथि प्रश्न उठाउँदै आएका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित