विहिवार बेलुका तुलसीपुरमा रास्वपा सम्बद्ध व्यक्तिहरुद्धारा गरिएको अराजक,अराजकता तथा असभ्य गतिविधि प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जारी विज्ञप्तीमा भनिएको छ ।
दाङ/ नेकपा एमाले दाङले पाटीको झण्डा जलाउने रास्वपाका कार्यकर्तालाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ । जिल्ला अध्यक्ष शिवकुमार आचार्यले आज प्रेस बिज्ञप्ति जारी गर्दै पाटीको झण्डा जलाउनेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्नुभएको छ ।
विहिवार बेलुका तुलसीपुरमा रास्वपा सम्बद्ध व्यक्तिहरुद्धारा गरिएको अराजक,अराजकता तथा असभ्य गतिविधि प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको जारी विज्ञप्तीमा भनिएको छ ।
एमाले जनताको विश्वास,संघर्ष र योगदानबाट स्थापित पाटी भएको उल्लेख गर्दै लोकतान्त्रिक आचरण बिपरितका गतिबिधि स्वीकार्य नहुने र यसबाट एमाले जनहरु बिचलित नभइ एमालेको पक्षमा मतदान गरि अलोकतान्त्रिक पक्षलाई पराजित गर्न जारी विज्ञप्ती मार्फत अपिल गरिएको छ ।
राष्टिय अखण्डता, सार्वभौमिकता,एकता,शान्ती,सुरक्षामा खलल पुग्ने गरी भईरहेका यस्ता अराजक गतिविधिहरुको निगरानी बढाउन पनि जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।
रास्वपाका सभापति रबि लामीछाने र बरिष्ठ उपसभापति बालेन शाह आउने भनेपछि तुलसीपुरमा भेला भएका रास्वपाका कार्यकर्ताहरुले हिजो बेलुका एमाले अध्यक्ष केपी शर्मा वली विरुद्ध नारावाजी गर्दै झण्डा जलाएको घटना सार्वजनिक भएको थियो ।
यसैबिच अनेरास्ववियु र युवा संघले पनि घटनाको निन्दा गर्दै दोषीलाई कारवाहीको माग सहित सिडिओ कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित