धुलिखेल, शङ्खुका १४ जना नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश

काभ्रेपलाञ्चोक/ धुलिखेल नगरपालिका-१२ शङ्खुका १४ जना युवाहरू नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन ।

नेपाली काङ्ग्रेस पार्टीको निर्वाचन परिचालन समितिले आयोजना गरेको उम्मेदवारसग कार्यकर्ता भेटघाट तथा प्रचारप्रसार कार्यक्रममा विभिन्न पार्टीमा क्रियाशिल युवाहरू काङ्ग्रेस प्रवेश गरेका हुन् ।

उक्त कार्यक्रममा असिम तामाङ, नवीन तामाङ, राजकुमार तामाङ, सुकुलाल तामाङ, कपुर तामाङ, गणेश तामाङ, लक्ष्मण तामाङ, कान्छा पुर्कोटी, प्रविन परियार, कान्छी परियार, जगत कुमारी मगर, विमला परियार, राजन परियार र कमला परियार नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरेका हुन् ।

Lahachhap

नवप्रवेशीहरूलाई नेपाली काङ्ग्रेस काभ्रेका सभापति तीर्थ लामा, नेपाली काङ्ग्रेस काभ्रेका अग्रज नेता इन्द्र प्रसाद अधिकारी, नेपाली काङ्ग्रेस काभ्रेका उपसभापति रमेश प्रसाद हुमागाई, जिल्ला सचिव तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार गुणराज मुक्तान, क्षेत्रीय सभापति दिनेश लामा लगायत नेपाली काङ्ग्रेस काभ्रेका नेताहरूले स्वागत गर्दै क्रियाशिल सदस्यताको कार्ड प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments