एक क्यान्टिनलाई जरिवाना अर्को फर्मलाई ताकेता

काठमाडौँ /बजार अनुमगनलाई तीव्र पार्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एक फर्मलाई नगद जरिवाना गरेको छ ।

स्थललगत अनुमगनका क्रममा कैफिय देखिएपछि काठमाडौँ महानगरपालिका ११ ट्रमा सेन्टरको सुनिल क्यान्टिनलाई रु पाँच हजार जरिवाना गरेको छ ।

यस्तै, विभागले हेल्दी बाइट्स सर्भिसेज प्रालि चाबहिललाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन भनेको छ । विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

स्थानीय सरोकारवाला, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरुको उपस्थितीमा विभागले नियमित रुपमा बजार अनुमगन गरेर कानुन कार्यान्वयन गराउँदै आएको छ ।

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments