काठमाडौं/चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ बक्स अफिसमा कमजोर सावित भएका छन् । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा आधारमा यि दुबै चलचित्र फ्लप भएको देखिन्छ ।
माघ २३ गतेदेखि प्रदर्शनमा आएका यि दुई चलचित्रको पहिलो ९ दिन अर्थात फागुन २ गते शनिबार बेलुका सम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक भएको हो ।
दिनेश राउत निर्देशित ‘कुमारी’को यो अवधीमा १७ हजार २५ वटा टिकट बिक्री भएका छन्। चलचित्रले बक्स अफिसमा ५६ लाख २११ रूपैयाँ ग्रस कमाइ गरेको छ। चलचित्रको शिर्ष भूमिकामा अभिषेक खड्का र आकृती राज भण्डारीको मुख्य भूमिका छ ।
त्यस्तै, सुदीप्ता निर्देशित ‘रमिताको पिरती’ले सोही अवधिमा १९ लाख ४३ हजार ५८८ रूपैयाँ ग्रस कमाइ गरेको छ। उक्त कमाइ हुँदा चलचित्रको ५ हजार ९३७ वटा टिकट बिक्री भएको उल्लेख छ। चलचित्रको शिर्ष भूमिकामा आना शर्माले अभिनय गरेकी छिन ।
यी दुवै चलचित्र भ्यालेन्टाइन सिजनलाई लक्षित गर्दै एकसाथ रिलिज भएका थिए।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित