धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ/काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता भएको छ ।

गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्कदा यात्रु अलपत्र परेका छन् । सो जहाजमा रहनुभएका यात्रुसमेत रहनु सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएका बताउनुभयो ।

एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिनुभयो ।

उक्त जहाज धनगढीका लागि काठमाडौँबाट ९ः४५ बजे उडेको थियो । धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दासमेत सम्भव नभएपछि राति १२ः०० बजे जहाज काठमाडौँ फिर्ता भएको थियो । उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments