सर्लाहीमा गोली प्रहार गरी सव–इन्जिनियर यादवको हत्या

काठमाडौं / सर्लाहीमा गोली प्रहार गरि सव–इन्जिनियरको हत्या भएको छ । आइतबार राती करिब ८ बजे डेरामै बसेको अवस्थामा जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीका सव–इन्जिनियर प्रमोद यादवमाथि गोली प्रहार गरिएको थियो।

आइतबार साँझ मलंगवा नगरपालिका १० स्थित डेरामा गोली प्रहारबाट घाइते यादवको मलंगवा अस्पतालमा पुर्याएको केही समयमै रातीनै निधन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सव–इन्जिनियर यादव सिरहाको सुखीपुर निवासी हुन् ।

कोठमा बसिरहेका बेला यादवलाई गोली प्रहार गर्ने व्यक्तिले बाहिर बोलाएका थिए। बाहिर निस्किनै लाग्दा बार्दलीमै गोली प्रहार गरी आक्रमणकारी फरार भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट यादवको हत्या भएपछि नेपाल–भारत सीमा क्षेत्रमा समेत कडाइ गरी ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । मृतक इन्जिनियर यादवको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले गोली प्रहार हुनुको कारण खुल्न नसकेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताउनुभयो । इन्जिनियर यादव श्रीमतीसहित कोठा भाडामा लिएर मलङ्गवामा बस्दै आउनुभएको थियो ।

इन्जिनियर यादवकै श्रीमतीले घटनाबारे जानकारी गराएपछि सर्लाही प्रहरीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कासहितको प्रहरी टोली खटिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments