कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको भनिइएको दिन ।
ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान काभ्रेपालञ्चाेकको नमोबुद्ध नगरपालिका–११
नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लागिरहेको छ । श्रद्धालुहरुले हिजै रातीबाट दीप प्रज्वलन गरेर मेलाकाे सुरु गरिसकेका छन् ।
यो वर्ष उक्त मेला–जात्रा यही कात्तिक ३० गतेदेखि तीन दिनसम्म मनाइन्छ ।
बर्सेनि लाग्ने मेलामा करिब एक लाखले नमोबुद्धको दर्शन तथा पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्राको सुरुको रातभरि नमोबुद्धमा मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेको उत्तिकै भीड लाग्ने गर्दछ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित