मधु आचार्यलाई मतदाताको प्रश्न : ‘किसानका समस्या सम्बोधन हुन्छन् ?’

काभ्रेपलान्चोक / माघ २७ गतेदेखि काभ्रेको मण्डनदेउपुरका विभिन्न वडा र टोलहरुमा पुगेका कांग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार मधु आचार्यलाई मतदाताहरुले किसानका समस्या धेरै भएकाले जसले वास्तविकरुपमै किसानलाई माया गर्छ यो पटक उसैलाई मत दिने बताएका छन् ।

बिहीबार बिहानदेखि बेलुकासम्म नगरपालिकाका वडा नम्बर १२ ज्याम्दी, वडा नम्बर १० को हल्देटार, जोगिटार र ज्वानेटार, वडा नम्बर ९ को रायोबारी, महादेवस्थान तथा वडा नम्बर ६ को सिपाघाट पुगेका उम्मेदवार आचार्यलाई ती भेगका सबैजसो मतदाताले उस्तै खालका समस्या दर्शाएका थिए । उनीहरुले किसानले समयमा रासायनिक मल नपाएको, पाए पनि सिमित मात्र पाइएको, दुःख गरेर उत्पादन गरेका तरकारी र दूधले उचित मूल्य नपाएको र सिंचाइको समस्या धेरै भएका लगायत गुनासोहरु पोखेका थिए । धेरैजसो किसानहरुले यसअघि पनि किसानका समस्या समाधान गर्ने भन्दै धेरै नेताहरु आए पनि त्यसपछि उनीहरु कहिल्यै गाउँ नफर्केको गुनासो पनि गरेका थिए ।

ज्याम्दीका किसान कृष्णप्रसाद पराजुलीले जिते पनि हारे पनि हाम्रा समस्या समाधानमा ध्यान दिने भए यो पटक योग्य उम्मेदवार चिनेर मतदान गर्ने सोचमा आफू रहेको बताउनुभयो । उहाँले अहिले नै यो व्यक्ति भनिहाल्नु भन्दा पनि गाउँमा मत माग्न आउने सबैका कुरा सुनेर आफूले निर्णय लिने बताउनुभयो । यी क्षेत्रमा अधिकांश किसानहरु रहेकाले उनीहरुका समस्यालाई समाधान गर्न सक्ने उम्मेदवार नै अबको रोजाइमा पर्ने उहाँको भनाइ थियो ।

सबैजसो किसान मतदाताहरुको उस्तै गुनासो र समस्या सुनेपछि उम्मेदवार आचार्यले देश नै कृषिप्रधान रहेकाले बहुसंख्यक किसानका समस्याहरुमा आफू पनि चिन्तित रहेको बताउनु भयो । उहाँले आफूनो गाउँ र आफू पनि किसान परिवारको भएकाले किसानका मुद्दा आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आचार्यले मण्डन र देउपुर कृषि र पर्यटनको राम्रो सम्भावना भएका भूमि भएकाले यसबाट नगर र समग्र जिल्लाले नै राम्रो फाइदा लिन सक्ने अवस्था रहे पनि त्यसको सदूपयोग गर्न नसकिएको भन्दै अब आफूले जिते पनि हारे पनि सक्दो सहयोग हुने पनि बताउनुभयो । मण्डनका उर्वर फाँटहरु चाखोला, जोगिटार, ज्वानेटार, कुन्तावेँसी, ज्याम्दीलगायतमा उत्पादन भएका कृषि उपजहरुको बजारिकरणको ठूलो समस्या रहेको आफूलाई अवगत रहेको भन्दै किसानहरुलाई नआत्तिन र छिट्टै समस्या समाधानमा आफूले पहल गर्ने आश्वासन पनि दिनुभयो ।

उहाँले दूध उत्पादनको पनि पकड क्षेत्र भएकाले यहाँका किसानले दूध बेचेको पैसा समयमै पाउनका लागि आफूले यसअघि पनि पटक पटक कृषि मन्त्रालय, डिडिसीलगायतका निकायमा गएर दबाब दिँदै आएको स्मरण गराउँदै विस्तारै यो समस्या पनि समाधान हुने विश्वास व्यक्त गर्नुभयो । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रका समस्याहरु पनि धेरै रहेकाले सबैलाई विस्तारै धेरै समस्या भएका क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्ने उहाँको भनाइ थियो ।

बिहीबारको मतदाता भेटघाट कार्यक्रम दोलालघाटबाट शुरु भइ सिपाघाट पुगेको थियो । जहाँ कांग्रेसका जिल्लास्तरिय नेताहरु, जिल्ला सचिव माधव ढकाल, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति महेश खरेल, प्रदेश सभापति हेम लामा, मण्डनदेउपुर कांग्रेस सभापति कश्यप पौडेल, उपसभापति विष्णुमणि नेपाललगायत नगर कार्यसमितिका पदाधिकारीहरु, अग्रज नेता अच्युत पौडेल, नेता सुन्दरमणि आचार्य, विभिन्न वडाका वडासभापतिहरु, वडाध्यक्षहरु, तरुण दलका प्रतिनिधिहरु लगायत नेता कार्यकर्ताहरु उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रिय सभापति महेश खरेलले ०५६ सालदेखि यो क्षेत्रमा कांग्रेसले जित्न नसकेका कारण सोचेजस्तो विकास गर्न नसकिएको बताउँदै यो पटक कांग्रेस नयाँ भएर आएकाले एक पटक मौका दिन मतदाताहरुलाई अनुरोध गर्नुभयो । अग्रज नेता अच्युत पौडेलले नयाँ भनिएका दलहरुका गुलिया आश्वासनमा नपरी वास्तविकता के हो बुझेर मात्र निर्णय गर्न सबैलाई अनुरोध गर्नुभयो । नगर सभापति कश्यप पौडेलले पार्टीका पुराना केही तिता मिठा घटनाहरु अब सामान्य भइसकेकाले त्यसप्रति कुनै शंका नगर्न र कांग्रेसका उम्मेदवार जो आउँछ उसैलाई मत दिन अनुरोध गर्नुभयो । उहाँले कमीकमजोरी सच्याएर अघि बढ्न आफूहरु सधैं तयार रहेको भन्दै सल्लाह र सुझावको अपेक्षा गर्नुभयो । विभिन्न वडाहरुमा भएका कोणसभाहरुमा मतदाताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Unlock the Thrill of Seamless Gaming with 1bet App Login

Unlock the Thrill of Seamless Gaming with 1bet App Login

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

Transforme sua sorte com o código de bônus 1bet e vença hoje

Transforme sua sorte com o código de bônus 1bet e vença hoje

अन्य न्यूजहरु

news

Unlock the Thrill of Seamless Gaming with 1bet App Login

news

Scoperte sorprendenti nelle recensioni di 1bet che cambiano il gioco

news

Transforme sua sorte com o código de bônus 1bet e vença hoje